चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय गरिएको छ। चलचित्रमा नायक अनमोल केसी, सलोन बस्नेत र नायिका सुहाना थापाको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन केही हप्तामा सुरु हुँदैछ। झरना थापाको निर्देशनमा तयार हुने यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन्। यो चलचित्रलाई आउँदो बर्षको कात्तिक ७ गते रिलिज गर्ने निर्माणपक्षले बताएको छ।
यो मितिमा यसअघि प्रदिप भट्टराइको निर्देशन तथा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने चलचित्रको पनि प्रदर्शन मिति तय गरिएको छ । यस्तै, चलचित्र ‘छक्का पन्जा ४’को प्रदर्शन मिति पनि यही मितिमा पक्का गरिएको छ।
यसरी हेर्दा, आउँदो बर्षको दशैंमा चलचित्र क्षेत्रमा महाभिडन्त हुने देखिएको छ।