टेस्टमा सर्वाधिक सतक बनाउने देश इङल्याण्ड, भारत एकदिवसीयमा अगाडि

एजेन्सी

काठमाडाैं

भर्खरै सार्वजनिक एउटा रिपाेर्टअनुसार टेस्ट क्रिकेटमा सर्वाधिक सतक बनाउने देश इङल्याण्ड रहेकाे छ। यस्तै एकदिवसीय र टी–२० मा याे उपलब्धि भारतकाे नाममा छ। 

इङल्याण्डले टेस्टमा कूल ८ सय ७३ शतक बनाएर शीर्षस्थानमा आफूलाई राखेकाे छ। दाेस्राे स्थानमा भने अस्ट्रेलिया छ। कङ्गारुले हालसम्म टेस्टमा ८ सय ६१ सतक बनाएकाे छ। तेस्राे नम्बरमा भारत छ। भारतले टेस्टमा ५ सय १७ सतक बनाएकाे छ। 

एकदिवसीयमा भने भारतले सर्वाधिक २ सय ९४ सतक बनाएकाे छ। भारतलाई पछ्याइरहेकाे अस्ट्रेलियाले भने २ सय २९ सतक र पाकिस्तानले तेस्राे नम्बरमा २ सय ३ सतक बनाएकाे छ। 

टि–२० मा भारत, अस्ट्रेलिया र न्युजिल्याण्ड संयुक्त रुपमा शीर्षस्थानमा छन्। यि तीनवटै देशले ७–७ वटा सतक बनाएका छन्। 

 

 

 

प्रकाशित मिति: : 2020-02-17 11:16:23

प्रतिकृया दिनुहोस्