आधा समय ‘वार्म अप’मै बित्यो, दौडिएला त अब?

गण्डकी प्रदेश सरकारले आइतबार दोस्रो वार्षिकोत्सव मनायो। सोही अवसरमा सरकारले दुई वर्षको ‘उपलब्धि’ सहितको फेहरिस्त सार्वजनिक गर्‌यो।

२ सय १४ बुँदामा सरकारले आफूले गरेका काम र प्रक्रियामा रहेका विषयहरू उल्लेख गरेको छ। खासगरी संरचनागत पूर्णतामा केन्द्रित सरकारले अघिल्लो वर्षभन्दा आशालाग्दो गरी सङ्‌घीयताको स्थायित्वका लागि काम गरेको दाबी प्रस्तुत गरेको छ।

यद्यपि, विशाल चुनौती र आमनागरिकका अपेक्षाबीच गठन भएको सरकारले जनताका अपेक्षाअनुसार परिणाम दिन भने सकिरहेको छैन। सरकार गठनका बेला नागरिक माझ गरिएका प्रतिबद्धता सामान्यबाहेक पूरा भएका छैनन्। पहिलो वर्ष भौतिक र कानुनी अभाव देखाएर पन्छिएको सरकारले दोस्रो वर्ष पनि देखिने गरी काम गर्न सकेन।

प्रकाशित मिति: : 2020-02-17 23:10:05

प्रतिकृया दिनुहोस्