निर्भया बलात्कार काण्ड: चार अभियुक्तलाई २० फागुनमा मुत्युदण्ड दिइने

बिएल संवाददाता

काठमाडाै‌ं

निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई २० फागुनमा मृत्युदण्ड दिइने भएको छ। दिल्लीको पटियाला हाउस अदालतले सोमबार मृत्युदण्डको नयाँ मिति सार्वजनिक गरेको हो।

अदालतले दोषी ठहर गरेका मध्ये अक्षय सिंह, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई फाँसी दिन लागिएको हो। चारै जनाले जीवन रक्षाको माग गरेर अलग अलग अपील गरेका कारण यसअघि तय भएका मृत्युदण्डको मिति सर्दै आएको थियो।

यसअघि जनवरी २२ अर्थात माघ ८ गतेको लागि फाँसीको सजाय सुनाइएको थियो। तर, दोषी मध्येका मुकेश सिंहले दिएको जीवन रक्षाको अपील राष्ट्रपति रामनाथ कोविन्दले खारेज गरेपछि उनीहरूको मृत्यदुण्ड निश्चित भएको हो।

 दोषी मध्येका राम सिंहले २०१३ मा तिहाड जेलका आत्महत्या गरिसकेका छन्। अर्का एक जनालाई भने घट्नाका बेला वालिग नभएकाले सुधार गृहमा पठाइएको थियो।

सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरिएको थियो। उनलाई सन् २०१३ अगष्ट महिनामा सुधारगृहमा तीन वर्ष बिताउने सजाय सुनाइएको थियो।

उनी अहिले उनी एउटा सहयोगी संस्थामा आबद्ध छन्। बाहिर राख्दा उनलाई असुरक्षा हुने ठानेर उनलाई संस्थामा राखिएको हो।

याे पनि

निर्भया बलात्कार र हत्यामा संलग्नलाई मृत्युदण्ड दिने मिति सारियो

निर्भया बलात्कार काण्ड: चार अभियुक्तलाई मुत्युदण्ड दिइएन

प्रकाशित मिति: : 2020-02-18 06:32:47

प्रतिकृया दिनुहोस्