स्वर्गीय भट्टराईको परिवारलाई चलचित्र ‘आमा’ टिमको सहयोग

चलचित्र ‘आमा’की निर्मात्री शर्मीला पाण्डेले तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता स्वर्गीय केशव भट्टराईको परिवारलाई आर्थिक सहयोग गरेकी छिन्।

आइतबार ‘आमा’का टिमले केशवकी पत्नी नीता भट्टराईलाई नगद १ लाख १ हजार रुपैयाँ सहयोग गरेकी हुन्।

भट्टराईको निधनपछि उनको परिवार आर्थिक समस्यामा रहेका छन्। सहयोग प्रदान गर्न निर्देशक दीपेन्द्र के खनाल, कलाकार मिथिला शर्मा, सुरक्षा पन्त लगायतको पनि उपस्थित थिए।

चलचित्र ‘आमा’ आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। 

प्रकाशित मिति: : 2020-02-18 11:58:47

प्रतिकृया दिनुहोस्