खरिपाटीका स्थानीय भन्छन्-‘सञ्चारकर्मीको प्रश्नले घरमा बस्नै गाह्रो भो’

भक्तपुर : चाँगुनारायण नगरपालिका–७ खरिपाटीका स्थानीयले सञ्चारकर्मीले गर्ने प्रश्नले आफूहरूलाई घरमा बस्नै गाह्रो भइसकेको गुनासो गरेका छन्। सञ्चारकर्मीहरूको प्रश्नले तनाव भएको सुनाउँदै उनीहरूले भने, ‘अब तपाईंहरूलाई गाली गर्ने बेला आएको छ। एकदम धेरै भइसक्यो। सहनुको पनि सीमा हुन्छ नि ? ’

यहाँका स्थानीय अहिले सञ्चारकर्मीदेखि आक्रोशित हुन थालेका छन्। अब त सञ्चारकर्मीले प्रश्न सोध्दा नै झनक्क रिस उठ्ने गरेको स्थानीय महिला बताउँछन्। युट्युबअनलाइनकापत्रकारले आफूहरूलाई वाहियात प्रश्न गर्ने गरेको उनीहरूको गुनासो थियो।   

‘प्रश्न सोध्ने नै कस्तो, रोग लागेका मान्छेलाई ल्याएर राखिएको छ, के तपाईहरूलाई पनि संक्रमण हुन्छ कि ? ’, ती महिलाले भने, ‘यस्तो पनि प्रश्न हुन्छ ? वाहियात प्रश्न ? ’

घरमा ताल्चा लगाएर खेतबारीमा जाँदासमेत कोरोना भाइरसको संक्रमण हुने त्रासले खरिपाटीका स्थानीयले घर छाडे, बसाइँ सरे भन्दा आफूहरूलाई सह्य नभएको भन्दै अर्का स्थानीय पद्मबहादुर महाजूले आक्रोश पोखे।

प्रकाशित मिति: : 2020-02-18 23:38:02

प्रतिकृया दिनुहोस्