महराको मुद्दामा अदालतले 'नहेरेको प्रमाण'

नेपाल लाइभ

काठमाडौं

जिल्ला अदालतले १४१ दिनपछि सभामुख रहेका कृष्णबहादुर महरालाई बलत्कार उद्योगमा सफाइ दिदाँ दुई आधारमात्र हेरे पनि अन्यलाई भने अनदेखा गरेको देखिन्छ। यौन दुर्व्यवहारमा बहालवाला सभामुख र पहुँचवाला राजनीतिक दलको नेता भएकाले बकपत्रमा हुन सक्ने होस्टाइल, अन्य परिस्थितिजन्य प्रमाण र प्रहरीले बुझाएको सिसिटिभी फुटेज र घटनाको समयमा उनले गरेको बयानलाई जिल्ला अदालतले अस्वीकार गरेको देखिन्छ।

घटनाको बयान र परिस्थितिजन्य प्रमाण 
जिल्ला अदालतले रोशनीको कोठामा प्रहरीले जाहेरीपछि फेला पारेका प्रमाणहरुको विश्लेषणमा  ध्यान नदिएको देखिन्छ। रोशनीको कोठामा भेटिएको महराको चस्मा, रक्सी खाएको गिलास र बोतल, सिसिटिभी फुटेजमा महरा उक्त स्थानमा पुगेको भनि देखिएको भिडियो र उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको बयानबारे अदालतले विश्लेषण गरेको देखिँदैन।

प्रकाशित मिति: : 2020-02-18 23:45:47

प्रतिकृया दिनुहोस्