रायमाझी परिवारकाे ‘पुर्बै धरान’ ट्रेन्डिङ

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौंको दरबारमार्गमा क्वीन रोधी क्लब सन्चालन गर्दै आएका हरिमाया रायमाझी,बिशाल रायमाझी, शर्मिला रायमाझी र एलिना रायमाझी परिवारले ‘पुर्बै धरान’ बोलको गित सार्वजनिक गरेका छन्।

उक्त गितमा सर्जक एवंम् गायिका हरिमाया रायमाझीको शब्द रहेको छ भने गायक बिशाल रायमाझीको लय रहेको छ।

सोही गितमा गायक बिशाल, हरिमाया रायमाझी र सर्मिला रायमाझीको आवाज रहेको छ। पछिल्लो समय एकदमै व्यस्त नायिका एवंम् मोडल एलिना रायमाझी र अभिषेक श्रेष्ठको अभिनय रहेको छ।

उक्त गितमा राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेकाे ५ भने सागर गौतमको छायांकन रहेको छ। यो गित अहिले ट्रेन्डिङ ३७ नम्बरमा प्रवेश गर्न सफल भएको छ। धेरैले प्रतीक्षा गरेको यो गित फागुन २ गते बिशाल रायमाझी (नक्कले भिनाजु) नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो। 

प्रकाशित मिति: : 2020-02-19 00:17:49

प्रतिकृया दिनुहोस्