विकास निर्माणको काम द्रुतगतिमा : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले विकास निर्माणको कामलाई द्रुतगतिमा अगाडि बढाएको बताएका छन्।

मङगलबार पत्रकारसँग बोल्दै उनले वाग्मती प्रदेश सरकारले सातवटै प्रदेश सरकारभन्दा उत्कृष्ठ एवं गुणस्तरीय र प्रभावकारी रुपमा विकास निर्माणमा जोड दिएको बताए।

‘वाग्मती प्रदेशको १३ जिल्लालाई जोड्ने सडक सञ्जालको निर्माण, ग्रामीण सडकको निर्माण, सुरुङमार्गको निर्माण, मुख्य सडकको निर्माण र सार्वजनिक यातायातको सञ्चालन र सुरक्षामा विशेष प्राथमिकताको आधारमा काम गरिरहेको छ’ उनले भने।

वाग्मती प्रदेशको राजधानी हेटौँडा भएकोमा जनतालाई कुनै आपत्ती नभएको उनको भनाई छ। भौगोलिक आधारमा उपयुक्त स्थान भएको बताउँदै उनले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न प्रदेश सरकार लागि रहेको छ।’

प्रदेश सरकारलाई पूर्णता दिन दुग्ध विकास बोर्डको गठन, पर्यटन निर्देशनालय, प्रेस रजिष्टारको कार्यालय, औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया, विभिन्न उद्योग र कृषि उत्पादन बढाउने खालको विकासका कार्यक्रम गरिरहेको उनले बताए। ‘सरकारले आगामी दिनमा प्रभावकारीका साथ काम गर्नेछ’ उनले भने।

प्रकाशित मिति: : 2020-02-19 04:51:15

प्रतिकृया दिनुहोस्