'सरकार ढाल्ने षड्यन्त्र' : ओलीको मनको बाघ कि आलोचना 'डाइभर्ट' गर्ने चाल ?

ईश्वर अर्याल

काठमाडाै‌ं

काठमाडौंमा मौन रहने तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला बेलाबेलामा आफ्नो गृहजिल्ला मोरङको विराटनगर पुगेर रणनीतिक महत्त्वका विषयमा बोल्ने गर्दथे । 

कुनै ठूलो राजनीतिक घोषणा, राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वका विषय र तत्कालीन माओवादी जनयुद्धसँग सम्बन्धित विषयहरूमा कोइरालाको बोली काठमाडौंमा फुट्थेन । सञ्चारमाध्यमहरू व्यग्रताका साथ उनी विराटनगर कहिले जालान् भनेर प्रतीक्षा गर्ने गर्थे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोइरालाकै सिको गर्दै आइतवार आफ्नो गृहजिल्ला झापाको दमकमा पुगेर सरकार ढाल्ने चलखेल बढेको भन्दै असन्तुष्टि व्यक्त गरे । नेकपाको बहुमतसहितको सरकारको बागडोर सम्हालेका ओलीले यसअघि सरकारलाई अप्ठेरो पार्ने कोशिश भएकोसम्म भन्ने गरेका थिए, तर 'सरकार ढाल्ने कोशिश'का बारेमा बोल्न उनले दमक नै रोजे । 

सरकार ढाल्ने षड्यन्त्र कसले गर्‍यो भनेर नखुलाइकन ओलीले भने, ‘सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रले षड्यन्त्र गरिरहेका छन् । मुलुकको विकासको रफ्तारलाई रोक्न एकल बहुमतवाला सरकारलाई पनि ढाल्ने क्रियाकलाप जारी छ ।'

प्रकाशित मिति: : 2020-02-19 06:10:37

प्रतिकृया दिनुहोस्