झुलन गोस्वामीको बायोपिकमा अनुष्का

बिएल संवाददाता

काठमाडाै‌ं

भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले विवाह गरेपछि यो जोडीको चर्चा झन् बाक्लियो। तर कतिपय सवालमा काेहलीसँग विवाह गरेपछि अनुष्काले तनाब पनि बेहोर्नु परिरहेको छ। सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ पछि अनुष्का ठूलो पर्दामा देखिएकी छैनन्। उनको धेरैजसो समय पति कोहलीसँग बितिरहेको छ। 

अनुष्का अब कमब्याक गर्न लागेकी छिन्। भारतकी चर्चित क्रिकेटर झुलन गोस्वामीको जीवनीमा बन्न लागेको बायोपिकमा उनी क्रिकेटरको भूमिका निर्वाह गर्दै छिन्। 

यो प्रोजेक्टको छिट्टै औपचारिक घोषणा हुँदैछ। सोनी पिक्चर्सले भिडियोमार्फत यो फिल्मको घोषणा गर्दैछ। यो एउटा ठूलो बजेटको फिल्म हुने बताइएको छ। 

केही समयअघि अनुष्का झुलनसँग कोलकाताको इडन गार्डेनमा देखिएकी थिइन्। त्यहाँ उनी यो फिल्मको अनाउन्समेन्ट सुट गर्न पुगेकी थिइन्। 

झुलन भारतीय महिला क्रिकेट टिमकी कप्तान रहिसकेकी छन्। उनको प्रदर्शनबाट अनुष्का प्रभावित छिन्। उनलाई २००७ मा आईसीसीले महिला प्लेयर अफ दी इयर घोषित गरिएको थियो।  

प्रकाशित मिति: : 2020-02-20 00:15:44

प्रतिकृया दिनुहोस्