‘सेन्टी भाइरस’ले पायाे मल्टिप्लेक्समा राम्रो शोज

बिएल संवाददाता

काठमाडाै‌ं

शुक्रबारदेखि रिलिज हुने नेपाली ‘सेन्टी भाइरस’को देशभरका मल्टिप्लेक्समा बुकिङ खुलेको छ। 

रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘सेन्टी भाइरस’ले मल्टिप्लेक्समा राम्रो शोज पाएको छ।

चलचित्रलाई काठमाडौं भित्र र बाहिर नै मल्टिप्लेक्सले उच्च शोज दिएका छन्। चलचित्रलाई क्यूएफएक्सको देशभरका चेनमा ५० शोज मिलेको छ। 

सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारले अभिनय गरेको चलचित्रले पाएको शोज अनुसार दर्शकको चाप पनि उच्च बनाउन सकेको खण्डमा आक्रामक ओपनिङ गर्न सक्छ। 

प्रकाशित मिति: : 2020-02-20 06:17:58

प्रतिकृया दिनुहोस्