अब सर्वसाधारणले निजी जहाज राख्न पाउने

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालीले पहिलोपटक निजी जहाज राख्न पाउने भएका छन्।  यसअघि कुनै व्यक्तिले निजी जहाज राख्न पाउने व्यवस्था थिएन।

‘राष्ट्रिय हवाई निति २०७६’ अनुसार निजी रुपमा जहाज राख्न पाउने प्रावधान ल्याइएको हो।

छिमेकी मुलुक भारतमा निजी जहाज खरिद गरि प्रयोग गरिरहेको बेला नेपालमा पनि त्यस्तै नीति ल्याएको हो। योसँगै कुनै व्यक्ति वा व्यवसायिक घरानाले जहाज खरिद गरेर आफ्नै घरमा वा विमानस्थलमा राख्न पाउने छन्। 

व्यक्तिगत प्रयोजनका लागि भने सिगल ईन्जिन भएको जहाज राख्न पाउने व्यवस्था सरकारले गरेको छ।
 

प्रकाशित मिति: : 2020-02-20 07:04:17

प्रतिकृया दिनुहोस्