गोकुल बास्कोटाले अश्लील बोल्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक

मन्त्रीको बोलीमा छाडापन, आर्थिक अनुशासनमा गम्भीर प्रश्न

अनलाइनखबर

काठमाडौं

८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारले भाषा बिगारेको आरोप बारम्बार लगाउने गर्छन् । र, प्रधानमन्त्री आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने पनि बारम्बार बताउँछन् ।

तर, बालकोटस्थित प्रधानमन्त्रीकै निजी निवासमा बस्दै आएका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको छ ।

‘यस्तो कुरामा यी मु… कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्…’ अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले कर्मचारीलाई संकेत गर्दै एजेन्टसँग भनेका छन्, ‘यो मु….ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस् ।’

प्रकाशित मिति: : 2020-02-20 23:14:52

प्रतिकृया दिनुहोस्