कमरेडहरुसँगै म बाँच्नुपर्छ, आरोप पुष्टि भए व्यहोरौँला : मन्त्री बाँस्कोटा

सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुख खोलेका छन्। उनले यस प्रकरणमा आफूमाथि लागेको आरोप पुष्टि भए व्यर्होने बताएका हुन्। 

बिहीबार बिहान कञ्चनपुरको पुर्नवासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले दललाई धोका नदिने बताए। ‘यहाँ ७० करोडको कुरा छ होइन? जतिसुकै करोडको कुरा होस्। मलाई के थाहा छ भने मैले दललाई धोका दिनुहुन्न र म भोलि कमरेडहरुसँगै बाँच्नुपर्छ’, मन्त्री बाँस्कोटाले भनेका छन्। 

उनले आरोप पुष्टि हुन नसक्ने दावी समेत गरेका छन्। ‘यसको पुष्टि हुनुपर्यो, प्रमाण हुनुपर्यो। आरोपहरु अनेक लाग्न सक्छन्। म माथि कुनै आरोप लाग्यो भने, मैले त्यो हैन भन्ने पुष्टि गर्नसक्नुपर्छ’, उनले भने। 

मन्त्री बाँस्कोटाले सेक्युरिटी मेसिन खरिदका लागि ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ।  अडियो सार्वजनिक भएसँगै उनलाई बर्खास्त गर्न प्रधानमन्त्री ओलीमाथि चौतर्फि दबाब बढेको छ। सत्तारूढ पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पनि पार्टीको शाखका लागि उनलाई राजीनामा गराउनु उपयुक्त हुने सुझाव पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री के पी ओलीलाई दिएका छन्। 

प्रकाशित मिति: : 2020-02-21 01:00:39

प्रतिकृया दिनुहोस्