सुर्खेतमा दुुई लाख घुससहित खानेपानी प्राविधिक पक्राउ

सुर्खेतमा दुई लाख रुपैयाँ घुससहित रंगेहात एक कर्मचारी पक्राउ परेका छन्।

भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चित्रहादुर केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो। 

भेरीगंगाको बराहमा रहेको झोलुङगे पुल निर्माणको भुक्तानी गराउनका लागि आफूले सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट दुुई लाख रुपैयाँ घुस माग गरिरहेको अवस्थामा पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए। 

यस विषयमा अनुसन्धान भइरहेको छ।


 

प्रकाशित मिति: : 2020-02-21 10:32:47

प्रतिकृया दिनुहोस्