शिवरात्रीमा डोरी टाँगेर सहयोग माग्दै गरेका बालककाे मृत्यु

दोलखाको कालिञ्चोक गाउँपालिकामा यात्रुबहाक बसको ठक्करबाट एक बालकको मृत्यु भएको  छ। 

दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का स्थानीय बालक पुजन थामीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। 

शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थामीलाई बस पछाडितर्फको चक्काले किचेको प्रहरीले जनाएको छ। 

मृतक बालकको शव घटनास्थलमै राखिएको छ भने बस लिएर चालक सिधै जिल्ला प्रहरी कार्यालय आएको प्रहरीले जनाएको छ। 

 

प्रकाशित मिति: : 2020-02-22 02:33:51

प्रतिकृया दिनुहोस्