बाँस्कोटालाई माग्नेबुढाकाे व्यङग्य– ७० करोड माग्या, कत्तिन १ सय करोड माग्या झै गर्छन्

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारका पूर्वप्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोड डिल गरेको अडियो सार्वजनिक भएको प्रसंगमा हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा)ले सांकेतिक रुपमा व्यङग्य गरेका छन्।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सन्दर्भमा बिचौलियासँग कमसिनको कुरा गरेको अडियो बुधबार राति सार्वजनिक भएको छ। उक्त अडियो सहित विभिन्न सञ्चार माध्यममा समाचार बाहिरिएसँगै मन्त्रीको चौतर्फी विरोध भइरहेको छ।

माग्नेबुढाले सामाजिक सञ्जाल फेसकुकमा लेखेका छन् –‘७० करोड माग्या, कत्तिन १ सय करोड माग्या झै गर्छन्। ७० भनेको १ सय पुग्न ३० कम हो भन्ने थाहा छ की छैन ? हेप्नी ?’

यसअघि कलाकार दीपकराज गिरी, मनोज गजुरेलले समेत यस विषयमा फेसबुकमा व्यङग्य गरेका छन्।

दीपकराजले लेखेका छन्–‘काग्रेसहरूले मिलाएर खान किन नजानेको होला भन्ने सोच्थे। कम्युनिष्टहरुले पनि खासै मिलाउन जान्दा रहेनछन्,हैट !!

प्रकाशित मिति: : 2020-02-22 03:52:51

प्रतिकृया दिनुहोस्