आईसीसी टी–२० विश्वकप: पुनमकाे शानदार बलिङ, भारतकाे विजयी सुरुवात

बिएल संवाददाता

काठमाडाै‌ं

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ।

सिड्नीमा शुक्रबार घरेलु टिम अष्ट्रेलियालाई १७ रनले पराजित गर्दै भारतले सुखद सुरुवात गरेको हो।  

सिड्नी शोग्राउण्ड स्टेडियममा भारतले दिएको १ सय ३३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १५ रनमा समेटियो।

अष्ट्रेलियाका एल्स्या हेलीले ५२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकिनन्। हेलीले ३५ बलमा ६ चौका र १ छक्का प्रहार गरेकी थिइन्। 

यस्तै अष्ट्रेलियाकी एश्लेग गार्ड्नेरले ३४ रन बनाइन् उनले ३६ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रनको योगदान दिइन्।  

भारतका लागि पुनम यादबले ४ विकेट लिइन्। उनले ४ ओभर बलिङ गर्दै १९ रन दिएर ४ विकेट लिएकी हुन्। उनले १ ५क्का र १ चौका दिएकी थिइन्।

यस्तै शिखा पाण्डेलेद ३.५ ओभर बलिङ गर्दै १४ रन दिएर ३ विकेट हात पारिन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा १ सय ३२ रन बनाएको थियो। उसका लागि दिप्ती सहरमाले ४९ रनको ऐजित इनिङ खेलिन्। उनले १५ बलमा ५ चौका र १ छक्का प्रहार गरेकी थिइन्।

यस्तै शफाली बर्माले २९ जेमिमा रोड्रिगिउजले २६ रन को योगदान गरिन्। 

अष्ट्रेलियाको लागि जेस जोनासेनले २ एल्स्या पेरी र डेलिस्सा किम्मिंसले समान १/१ विकेट हात पारिन्।

जितसँगै समूह ए को भारतले महत्वपूर्ण २ अंक जोडेको छ।

विश्वकप अन्तर्गत शनिबार २ खेल हुनेछ। पहिलो खेलमा थाइल्याण्डले वेष्ट इण्डिजको सामना गर्ने छ भने दोस्रो खेलमा न्युजिल्याण्ड र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन्।
 

प्रकाशित मिति: : 2020-02-22 06:27:22

प्रतिकृया दिनुहोस्