अष्ट्रेलियासँग दक्षिण अफ्रिकाको कीर्तिमानी हार, एगरले लिए ५ विकेट

घरेलु टोली दक्षिण अफ्रीकाले अष्ट्रेलियाविरुद्ध टि-२० सिरिजको पहिलो खेलमा कीर्तिमानी हार बेहोरेको छ। शुक्रबार वान्डरर्समा भएको खेलमा अष्ट्रेलियाले १ सय ८ रनको जित दर्ता गर्दै टि-२० मा दक्षिण अफ्रिकालाई सर्वाधिक ठूलो हारक चखाएको हो।

टस हारेपछि पहिलो ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रनको स्कोर खडा गरेको थियो।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्च र स्टिभ स्मिथले दोस्रो विकेटको लागि ८० रनको साझेदारीगरे थिए। फिन्चले २७ बलमा ७ चौका र १ छक्कासहित ४२ रन्को योगदान दिए। त्यसपछि वेड पनि १८ रन जोड्दै पेभेलियन फर्किए।

यत ३२ बलमा ५ चौका र १ छक्कासहित ४५ रन जोडेका स्मिथ शाम्सीको बलमा स्टम्पिङ आउट भएका थिए 

क्यारीले २२ बलमा ३ चौका र १ छक्कासहित २७ र एस्टन एगरले २० रन जोडे। 

दक्षिण अफ्रीकाका लागि स्टेन र शाम्सीले २/२ तथा एन्गीडी र फेल्हुक्वायोले १/१ विकेट हात पारे।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रीकाले १५ औं ओभरमा अलआउट हुनुअघि मात्र ८९ रन जोड्न सक्यो। 

उसका लागि फाफ डु प्लेसिसले २४ र पिटर भान बिलिओनले १६ रनमा बनाउनु बाहेक अरुले दोहोरो रन छुन सकेनन्। 

स्पिनर एस्टन एगरले ह्याट्रिकसहित ५ विकेट लिए। एगरले ४ ओभरमा २४ रन खर्चे। यता प्याट कमिन्स र एडम जाम्पाले २०२ तथा स्टार्कले १ विकेट हात पारे।

प्रकाशित मिति: : 2020-02-22 20:32:20

प्रतिकृया दिनुहोस्