भरतपुरमा रूखमा कार ठोक्किँदा एकको मृत्यु, २ जना घाइते

चितवनको कार रूखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

शुक्रबार राति ९ बजे भरतपुर महानगरपालिका–१८ स्थित सडकमा थानेदार चोकबाट गोब्रेनी जाँदै गरेको बा १८ च ५७०९ नम्बरको कार आफैं अनियन्त्रित भएर सडक छेउमा रहेको रूखमा ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

कारमा रहेका ३ जनामध्ये गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–१८ गुञ्जनगरका २४ वर्षीय नरेश कुमालको उपचारका क्रममा राति १० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा कुमालको मृत्यु भएको हो।

दुर्घटनामा घइते भएका नवलपरासी बुलिङटार गाउँपालिका-१ का २१ वर्षीय कारचालक कृष्ण कुमाल र भरतपुर–१८ गुञ्जनगरका २४ वर्षीय सन्तोष बगालेको त्यहीँ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-02-22 21:13:47

प्रतिकृया दिनुहोस्