नेताको शयन कक्षसम्म दलालको पहुँच

कमिसन व्यवस्था गर्ने कानून खोई ?

कमिसनको चक्करमा पर्दा सञ्चारमन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रीको कुर्सी छाड्नुपर्‍यो । सुरक्षण मुद्रण स्थापना गर्दा ‘कमिसन कति पाउँछु ?’ भन्दै स्वीस कम्पनीका एजेन्टसँग कुराकानी गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा नदिई धर पाएनन् ।

बास्कोटा प्रकरणले सिंहदरबारमा दलालको पहुँच र नेता/मन्त्रीहरुसँग उनीहरुको सम्बन्ध छताछुल्ल पारिदिएको छ । स्वीस कम्पनीका एजेन्टलाई आफ्नै कार्यकक्षमा बोलाएर बास्कोटाले गोठाले तहको भाषामा कमिसन रकम बढाउने उपायबारे छलफल गरेको अडियो रेकर्डमा सुनिन्छ ।

प्रकाशित मिति: : 2020-02-22 21:18:24

प्रतिकृया दिनुहोस्