पर्साको अमरपट्टीबाट ५ किलाे गाँजासहित एक जना पक्राउ

प्रहरीले पर्साको अमरपट्टीबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–५ भौराटार बस्ने २६ वर्षीय मन्सी महतो रहेको प्रहरीले जनाएको छ। 

प्रहरी चौकी अमरपट्टीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनलाई ५ किलो ग्राम गाँजासहित नियन्त्रणमा लिएको हाे । 

ना ३ प ९६३ नम्बरको मोटरसाइकलको सिट कभरभित्र गाँजा राखेर भारततर्फ लैजान लागेको अवस्थामा उनी पक्राउ परेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताए। 

पक्राउ परेका महतोलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको छ।

प्रकाशित मिति: : 2020-02-23 06:29:06

प्रतिकृया दिनुहोस्