भ्रमण वर्षलाई उच्च प्राथमिकता दिनुपर्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामहादुर थापाले  शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताएका छन्।

गृहमन्त्रालयद्वारा आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आइतबार सम्बोधन गर्दै गृहमन्त्री थापाले शान्ति सुरक्षालाई सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अवलम्बन  गरिएको बताए।

नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकार लागिरहेको उनको भनाई छ। 'नेपाल सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको छ' उनले भने।

भ्रमण वर्षलाई उच्च प्राथमिकता दिनुपर्ने बताउदैं उनले भने, 'बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको छ।'

प्रकाशित मिति: : 2020-02-24 00:01:04

प्रतिकृया दिनुहोस्