तनहुँमा बस दुर्घटना, २० यात्रु घाइते

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन्।

आइतबार बिहान दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं को बस एकापसमा ठक्कर खाँदा दुवै बसमा सवार २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सो दुर्घटनामा परेका घाइतेमध्ये तीन जनालाई भरतपुरस्थित चितवन मेडिकल कलेज र एक जनालाई थप उपचारको लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

अन्य घाइतेहरुको भने  दमौलीस्थित रत्नहरि र एपोलो अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: : 2020-02-24 02:04:57

प्रतिकृया दिनुहोस्