ट्रक त्रिशूलीमा खस्यो, चालकको मृत्यु सहचालक घाइते 

धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ को ज्यामिरेघाटबाट ट्रक त्रिशूलीमा खस्दा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा मकवानपुर भिमफेदी निवासी चालक बिखे थोकर रहेका छन् भने घाइते हुनेमा सप्तरी रुपनगर निवासी सहचालक राजेश विक रहेका छन्।

आइतबार बिहान ना५ख ३७७७ नंको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए।

प्रकाशित मिति: : 2020-02-24 06:32:01

प्रतिकृया दिनुहोस्