‘हाम्लाई पनि मायाले हेर पार्वती’ !

सामाजिक सञ्जाल फेसबुकमा ‘टिकटक’ भिडियो बनाएपछि नेपाल प्रहरीका नायब निरीक्षक (सई) रत्नबहादुर थापा महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएका छन्।  

भक्तपुरस्थित सुँडाल प्रहरी प्रभागका इन्चार्ज थापा कारवाहीका लागिआइतवार दिउँसो रानीपोखरी तानिएका हुन्। महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले सई थापालाई बोलाएर स्पष्टिकरण मागेको जानकारी दिए।

‘बर्दीमा टिकटक लगायत अन्य संगठनको नियम विपरित काम गर्न पाइदैन। त्यसैले कारवाहीको  प्रक्रिया अगाडि बढाएको छु,’उनले भने।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीकाअनुसार सई थापाले दिलु मगर ९१ नामको ‘टिकटक’ ह्यान्डलमा बर्दीमा एक महिलासँग ‘हाम्लाई पनि मायाले हेर पार्वती’ बोलको नेपाली गीतमा ‘टिकटक’ बनाएका थिए।

भिडियोमा देखिएकी महिला सई थापाको श्रीमती भएको खुलेको छ।  त्यस्तै त्यही ह्यान्डल तिनै महिलाले प्रहरीको पोशाकमा पेस्तोल बोकेर ‘टिकटक’ बनाएकी छिन्।

ती ‘टिकटक’हरु प्रहरी कार्यालय भित्रै खिचिएको देखिन्छ। हाल उक्त ‘टिकटक’ मगरको ह्यान्डलबाट हटाइएको छ।

सई थापाको ठाउँमा अर्का सई राजु प्रसाईलाई पठाइएको छ।

प्रकाशित मिति: : 2020-02-24 10:45:29

प्रतिकृया दिनुहोस्