न्युजिल्याण्डसँग भारत १० विकेटले पराजित

भारतसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड १० विकेटले विजयी भएको छ। विलिङटनमा टेष्टको चौंथो दिन सोमबार भारत न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको हो।

मात्रै ९ रनको लक्ष्य न्युजिल्याण्डले दोश्रो ओभरमै विनाविकेट भेट्टाउँदै न्युजिल्याण्ड विजयी भएको हो। पहिलो पालीमा १ सय ८३ रनले पछि परेको भारतलाई दोश्रो पालीमा १ सय ९१ रनमा अलआउट गरेपछि न्युजिल्याण्डले ९ रनको झिनो लक्ष्य पाएको थियो।

दाेस्रो इनिङ्समा न्युजिल्याण्डका टम लाथम ७ तथा टम ब्लुन्डेल २ रनमा अविजित रहे।

दोश्रो पालीमा भारतका मयाँक अग्रवालले बनाएको ५८ रन बनाए। न्युजिल्याण्डका टीम साउथीले ५ र ट्रेण्ट बोल्टले ४ विकेट लिए।

न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले थप एक टेष्ट क्रिकेट खेल्नेछ। 

प्रकाशित मिति: : 2020-02-24 22:02:30

प्रतिकृया दिनुहोस्