राष्ट्रपति ट्रम्प दुई दिने भ्रमणका लागि भारतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका लागि सोमबार भारत पुगेका छन्। उनलाई अहमदावादको सरदार भल्लाभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका हुन्।

राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन्।

अब ट्रम्प परिवारले महात्मा गान्धीको सबरमती आश्रमको अवलोकन गर्ने छन्।

उनले विश्वकै विशाल क्रिकेट स्टेडियमको उद्घाटन गर्ने बिबिसी हिन्दीले बताएको छ।। यहाँ करिब १ लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको छ। साथै, आगरास्थित ताजमहलमा पनि घुम्ने तालिकामा रहेको भारतीय सञ्चारले जनाएको छ।

ट्रम्पकी पत्नी मेलिनिया ट्रम्पले दिल्लीका सरकारी विद्यालयमा पनि भ्रमण गर्ने जनाइएको छ। ट्रम्प दम्पत्ति भ्रमणमा आउने भएपछि भारतका तीन सहरमा तीन तहको सुरक्षा कायम गरिएको छ।

उनीहरू दिल्लीको आइटीसी मौर्या होटलमा बस्नेछन्।

प्रकाशित मिति: : 2020-02-25 01:09:55

प्रतिकृया दिनुहोस्