लागुऔषधसहित तीनजना पक्राउ

जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङका हरि छन्त्याल, बागलुङ नगरपालिका १० भकुण्डे डल्याङका विशाल थापा र रघुगंगा गाउँपालिका ७ चिमखोलाका लक्‍की पुन रहेका छन्।

उनीहरुलाई प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा गएको टोलीले भकुण्डेबाट आइतबार पक्राउ गरेको हो। 

उनीहरुको साथबाट फेनेरागन १० एम्पुल, नफिन १० एम्पुल, डाइजापाम १० एम्पुल लागुऔषध बरामद भएको छ। 

लागुऔषध र तीनैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा बुझाइएको छ। उनीहरु लागुऔषध प्रयोगकर्ता र कारोबारी भएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो।

 

प्रकाशित मिति: : 2020-02-25 01:44:33

प्रतिकृया दिनुहोस्