किन पिउने ग्रिन टी?, जान्नुहोस् फाइदाबारे 

अधिकांश जसो मानिसहरुको बिहानी चियाको चुस्कीबाट सुरु हुन्छ। सायदै व्यक्ति होलान् चियाको सेवन नगर्ने त? यदी कुनै व्यक्तिले चियाको सेवन गर्दैनन् भने पक्कै पनि सो व्यक्तिले ग्रिन टीको सेवन त गरेकै हुन्छन्। किनकी ग्रीन टी पिउनेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ। कतिपय व्यक्तिहरु त डाइटिङका लागि समेत ग्रीन टीको सेवन गर्ने गरेको पनि देख्न सकिन्छ। ग्रिन टी पिउनाले स्वास्थ्यको लागि पनि फाइदाजनक साबित रहन्छ। त्यसैले आज हामी चर्चा गर्नेछौं। ग्रिन टी पिउनका फाइदाबारे। 

यदी तपाई आफ्नो तनाव कम गर्न चाहनुहुन्छ भने ग्रिन टीको सेवन गर्ने गर्नुहोस्। जसले तपाइको तनावलाई टाढा भगाउने गर्छ। यसको सेवन छाला र केशका लागि सकारात्मक साबित छ।

ग्रीन टीमा मिनरल तथा भिटामिन सी प्रशस्त हुने भएकाले आँखामुनिको कालो घेरा, आँखा सुन्निएको तथा आँखामुनिको चाउरीपनालाई समेत हटाउँने गर्दछ। 

ग्रिन टीमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ जसको नियमित सेवनले व्यक्तिको शरीर चाँडै विकार रहित हुनका साथै क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ।

यदी तपाई धूम्रपान, मद्यपान, लागुपदार्थ, रासायनिक पदार्थ, धातुको असरलाई कम गर्न चाहनुहुन्छ भने पनि ग्रिन टीको सेवन गर्ने गर्नुहोस्।
जसले एन्टिबायोटिक औषधिकै काम गर्दछ।

ग्रिन टीको सेवन गर्नाले स्मरणशक्ति शक्त हुनका साथै रक्तकोषिकाको संरक्षण गर्न पनि गर्छ। त्यसैले यसको प्रयोग गर्नु स्वास्थ्यको लागि फाइदाजनक साबित हुन्छ।

 

प्रकाशित मिति: : 2020-02-25 05:41:47

प्रतिकृया दिनुहोस्