एसीसी ईस्टर्न रिजन: राष्ट्रिय टिम बिहिबार थाइल्याण्ड प्रस्थान गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

एसीसी ईस्टर्न रिजन पुरुष टी–२० कप क्रिकेटमा सहभागिता जनाउने नेपाली राष्ट्रिय टिम बिहिबार थाइल्याण्ड प्रस्थान गर्ने भएका छन्।

प्रतियोगिताको लागि नेपाली टोलीले अन्तिम तयारी गरिरहेको छ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आयोजना गर्ने यस प्रतियोगिता एसिया कप छनोट पनि हो। प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।

प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन्।

नेपालले फेब्रुवरी २९ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै मार्च १ मा हङकङसँग खेल्दा मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ। नेपालले अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ।

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान)ले समेत १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा पारस खड्का, उपकप्तान दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन्।

प्रकाशित मिति: : 2020-02-25 05:54:38

प्रतिकृया दिनुहोस्