स्वस्थ रहनका लागि अपनाउनुहोस् यी उपाय 

प्रत्येक व्यक्तिको चाहना हुन्छ। आफु निरोगी हुने। किनकी अस्वस्थ व्यक्तिले विभिन्न समस्याहरुको चुनौती भोग्नु पर्ने हुन्छ। रोग लागेपछि मानसिक र शारीरिक रुपले नै मानिसको शरीर गर्दै जान्छ। कम्जोर हुन्छ। जाँगर हराउँछ। उर्जा हराउँछ। जसले गर्दा आफ्नो शरीर आफैलाई बोझिलो लाग्न थाल्छ। त्यसैले शरीर स्वस्थ हुन् आवश्यक छ। तर कसरी राख्न सकिन्छ, त स्वस्थ्यलाई स्वस्थ? आउनुहोस् चर्चा गरौं उक्त विषयबारे।

स्याउ :
स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ। जसले मानिसलाई निरोगी बनाउनका साथै रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ। त्यसैले स्याउ सेवन गर्नु फाइदा हुन्छ।

ताजा सब्जीहरुको जुस :
ताजा सब्जीहरुको जस्तै काँक्रो, पालुंगो, ब्रोकाउली, लौकाहरुको जुस बनाएर पिउनु स्वस्थ्यका लागि फाइदाजनक साबित छ। त्यसकारण सब्जीहरुको जुस पिउने बानी बसाल्नुपर्दछ।

नियमित व्यायाम :
यदी तपाई आफ्नो शरीर स्वस्थ राख्न चाहनुहुन्छ भने नियमित जसो व्यायाम गर्ने गर्नुहोस्। यसले तपाईको शरीरलाई सक्रिय राख्छ र विषाक्त पदार्थहरुलाई बाहिर निकाल्न मद्धत गर्छ। त्यसैले नियमित व्यायाम गर्नु शरीरको लागि उचितजनक छ।

ध्यान गर्ने :
यदी शरीरलाई स्वस्थ राख्नु छ भने ध्यान गर्नु पनि आवश्यक छ। किनकी ध्यान बस्नाले दिमाग तेजिलो हुनका साथै मन शान्त हुन्छ। त्यसैले स्वस्थ रहनका लागि ध्यान गर्ने बानी बसाल्नु जरुरी छ।

पर्याप्त पानी पिउने :
मानिसहरुका लागि पानी आवश्यक चिज हो। जसले मानिसहरुलाई बचाई राख्दछ। तर पर्याप्त पानी पिउनाले बचाई राख्न मात्रै नभई शरीरलाई पनि स्वस्थ राख्न मदत गर्दछ। 

 

प्रकाशित मिति: : 2020-02-25 06:48:29

प्रतिकृया दिनुहोस्