युट्युब ट्रेन्डिङ: साउथ चलचित्रकाे अगाडी नेपाली फिक्का, ‘सकिगोनी’ले साख जाेगाउँदै

बिएल संवाददाता

काठमाडाै‌ं

सन् २०२० मा प्रवेश गर्ने बित्तिकै युट्युबको शीर्ष ट्रेन्डिङमा साउथ चलचित्रका भिडियोहरु मात्र देखिने गरेकाे छ।

ट्रेन्डिङले युट्युब र विश्वमा के हुँदैछ देखाउँदछ। ट्रेन्डिङ भिडियोहरूलाई एक किसिमले भाइरल भएको भिडियो पनि भन्न सकिन्छ जुन दर्शकहरूको विस्तृत श्रृंखलालाई रोचक लाग्दछ। ट्रेन्डिङ भिडियोहरूको सूची लगभग हरेक १५ मिनटमा अपडेट हुन्छ।   
 
युट्युबले संसारमा के हुँदैछ भनेर चिनाउदै गर्दा हाल नेपालका मनिसहरुमा भने साउथ चलचित्र निकै आकर्षण रहेको छ। दक्षिण भारतको सिनेमालाई सामूहिक रूपमा तमिल, तेलुगु, मलयालम, कन्नड र तुलु गरि पाँच विभिन्न चलचित्र उद्योगहरू बिभाजन गरिएको छ। यसलाई एकल इकाईको रूपमा प्रयोग क्रमशः चेन्नई, हैदराबाद, कोची, बेंगलुरु र मंगलुरुमा बिभाजन गरिएको छ। 

भारतीय चलचित्र उद्योग स्वतन्त्र रूपमा विकसित भइसकेको छ। दक्षिण भारतीय चलचित्र क्षेत्र। संयुक्त तमिल, तेलुगु, मलयालम र कन्नड़ चलचित्र उद्योगहरूको राजस्व ५० प्रतिशत तिर्ने गर्दछ।   

नेपाली चलचित्र भने ट्रेन्डिङमा नदेख्दा यो क्षेत्रको प्रचलन अरुको तुलनामा कम भएको भन्दा गलत हुँदैन। युट्युबमा भिडियो अपलोड भएको एक दिन नबित्दै साउथ चलचित्रले मिलियन बढी भ्युज पाइसकेको हुन्छ र हालसालै भने ‘स्मार्ट शंकर’ भन्ने चलचित्र ले ६१ मिलियन भ्युज पाएर युट्युबको नेपाल ट्रेन्डिङको पहिलो स्थान कब्जा जमाएको छ। 

यता  दोस्रो स्थानमा नेपाली हास्य टेलिशृखला ‘सकिगोनी’ले लिएको छ। त्यसैगरि तेस्रो स्थानमा ‘लाईफ मेइन तुइस्त’ भन्ने अर्को साउथ चलचित्र रहेको छ । 

युट्युबमा साउथ चलचित्रको निकै तारिफ गरिएको छ। जुन कुरा हामी कमेन्ट्हरु पढेर थाहा पाउन सक्छौं। नेपाल ट्रेन्डिङको स्थानमा साउथ चलचित्र लगभग धेरै पटक परिसकेका छ। 
 

प्रकाशित मिति: : 2020-02-26 01:41:49

प्रतिकृया दिनुहोस्