भारतमा हराएकी पुनमको गरियो उद्धार

बिएल संवाददाता

नयाँदिल्ली

गुल्मी जिल्ला, इस्मा टाकुरा निवासी पुनम छेत्री २० फ्रेवुअरीदेखि दिल्लीबाट हराएकी थिइन्। प्रहरी प्रशासनमा उजुरी गरेपनि ४ दिनदेखि सफलता हात लागेकाे थिएन।

छनबिनकाे घटना सुस्त भएपछि अनलाइन मिडियामा आउना थाले। मिडियमा आएकाे समाचारपछि  एक्कासी घटनाले नयाँ मोड लियो। दिल्लीमा बसोवास गर्ने नेपाली समाजको सक्रियता र दिल्ली पुलिसले पीडित पुनमकाे परिवारका साथ २४ फ्रेवुअरी (सोमबार) रातभरि ‘रेस्क्यू अप्रेशन’ चलायाे। अन्त त याे  ‘रेस्क्यू अप्रेशन’ ले सफलता पायो।

भारतमा महिलाहरु हराउने घटनालाई अति संवेदनशील श्रेणीमा राखेर अनुसन्धान गरिन्छ। कागजी कामहरु पूर्ण हुन साथ दिल्ली पुलिसले  ‘रेस्क्यू अप्रेशन’ सुरु गर्ने गर्दछन् ।

पहिले पुलिसले पुनमको सीडीआर (कल डिटेल रेकर्ड) गत ३० दिनमा को–कसलाई फोन गरेको हो सम्पूर्ण विवरणको जाँच गरे खोजी अभियान सुचारु गरेको थिए। उक्त नम्बरहरुमा एक नम्बर शंकासपद देखिएपछि सम्बन्धित व्यक्ति र ठेगानाको जानकारी निकाल्दा उत्तर प्रदेशस्थित गाउँको जानकारी आयो। गाउँका प्रधानपन्चद्वारा दिएको जानकारी मार्फत एक युवालाई दिल्लीको स्लम बस्ती गान्धी नगरदेखि पक्राउ गरियो। पक्राउ परेकाे युवामाथि अनुसन्धान गर्दा सीसीटिभीमा देखिएकी महिलालाई आफ्नो दिदी भएको स्वीकार गरे।

सोमबार भएको गहन छानबिनपछि घटनामा एकपछि अर्को सफलता मिल्न सुरु भयो।  सुरुवात युवतीले पुनमलाई नचिनेको र फेसबुक मात्रै कहिलेकाही कुरा हुने तर अहिलेसम्म भेट नभएको जानकारी दिइन्। पुलिसले ती युवतीलाई लास्ट मोबाइल कल लोकेशन र पुनमका साथ भएको कल रेकर्ड प्रमाणसहित देखाउदा युवतीले सत्य बोलिन। 

यस घटनामा परिवारलाई आर्थिक, भौतिक र मानसिक सहयोग गर्ने रेसुङ्गा टूर एन्ड ट्राभल्स संचालक योगराज अर्याल तथा पीडित परिवारका आफन्त अर्जुन बिष्टको सहयोगमा उत्तर प्रदेश नोएडा १२/२२ देखि हराएकी युवतीको सफल उद्धार गरियो।

सुरुवात अवस्था हेर्दा पुनमलाई नसा दिएर राखेको जस्तै देखिन्थिन्, र उनले आफ्नै परिवारलाई नचिन्ने बताइन्। चार दिनको कैदमा पीडितको ब्रेन वाश गरि उनलाई मादक पदार्थ खुवाएको हुन सक्ने पीडितकी दिदिले बताईन। तर, परिवारको मायाले पुनमलाई रोक्न सकेन र उनी २५ फेव्रुअरीमा परिवारका साथ आफ्नो घर फर्किन। यस घटनामा ठूलो नेटवर्क देखिएको छ। सुरुवाती मेडिकल जाँचमा पुनमका साथ त्यस्तो कुनै शरीरिक उत्पीडन नभएको पीडितकी दिदीले मिडियालाई जानकारी दिएकी छन्। 

प्रकाशित मिति: : 2020-02-26 03:32:00

प्रतिकृया दिनुहोस्