भारतका लागि नेपाली दूतावास, दिल्लीको आयोजना तथा एभरेस्ट चेम्बर अफ कमर्सको संचालनमा नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम सम्पन्न भएको छ। भारतको राजस्थानस्थित जयपुरमा सम्पन्न समारोहमा प्रमुख अतिथि भारतका लागि नेपाली दूतावास निलाम्बर आचार्य रहेका थिए।
कार्यक्रममा नेपाली दूतावासका अन्य अधिकारीहरु, राजस्थान परिवहन निगमका पदाधिकारी, जयपुरका मिडियाकर्मी, एभरेष्ट चेम्बर अफ कमर्सका पदाधिकारीको सहभागिता रहेको जनकराज ज्ञवालीले जानकारी दिए। कार्यक्रममा एभरेस्ट चेम्बर अफ कमर्स महाराष्ट्रका अध्यक्ष सुनिल बराल र दिल्ली अध्यक्ष युबराज बरालले समेत मन्तव्य राखेका थिए। नेपाल पर्यटनको बिकास र नेपालको सौन्दर्यताको प्रचार भारतभरि गर्न र गराउन बक्ताहरुले आग्रह गरे।
पशुतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, भगवानगौतम बुद्ध जन्मस्थाल लुम्बिनी, सीताको जन्मस्थल जनकपुरधाम लगायत अनेकन पर्यटकीय स्थलहरुका बारेमा विश्वसामु चिनाउनुपर्ने बताएका छन्।