‘एनन्लेक्स नेपाल मिस नेपाल पिस २०२०’ का लागि १८ युवती छानिए

बिएल संवाददाता

काठमाडाै‌ं

‘एनन्लेक्स नेपाल मिस नेपाल पिस २०२०’ का लागि १८ युवती छानिएका छन्। राजधानीमा हालै आयोजित प्रथम चरणको अडिसनबाट ती युवती अन्तिम स्पर्धाका लागि छानिन सफल भएका हुन्। 

प्रतियोगिताको पहिलो चरणको अन्तिम अडिसन २४ फागुनसम्म चल्नेछ। जसबाट आयोजकले २५ प्रतियोगी छानिनेछन्।

नर्सिङ पेशाको सम्मान गर्दै, नर्सहरुमा लुकेर रहेका आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने, उनीहरुको कार्यदक्षता बृद्धि र आत्मनिर्भर गराउने उदेश्यले आयोजित एकमात्र सामाजिक सौदर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को यो ७औं संस्करण हो।

प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका कम्तीमा ५ फिट उचाइ भएका अविवाहित युवतीहरुको सहभागीता रहनेछ।

मिस नेपाल पिसको फाइनल प्रतिस्पर्धा आगामी चैत्रको अन्तिम साता आयोजना हुनेछ। बिभिन्न अडिसनबाट छानिएका प्रतियोगीहरु शिर्ष उपाधिका लागि यसमा भिड्ने छन्।पहिलो चराणकाे अडिसनबाट छनाेट भएका प्रतियोगीहरु कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा बिभिन्न अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रोटिन अवेरनेस, ब्याक्तित्व बिकाश, संचारकला लगायत प्रशिक्षणमा सहभागी गराइने छ।

ट्यालेन्ट शो, स्टेज पफमेन्स लगायत बिभिन्न चरणका पार गर्दै अन्तिम स्पर्धामा पुग्न सफल प्रतियोगीले फाइनल स्पर्धामा शीर्ष उपाधिका लागि भिड्ने छन्। विजेताले चीनमा आयोजना हुने ‘मिस वल्ड पिस’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसरको अलवा वालीको भ्रमणको ट्रिप समेत प्राप्त आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए। 
 

प्रकाशित मिति: : 2020-02-26 06:16:37

प्रतिकृया दिनुहोस्