महान्यायाधिवक्ताको रायविपरीत बाबुराम भट्टराईले १७२ रोपनी जग्गा बाँडेको खुलासा

नेपाल लाइभ

काठमाडौं

डा बाबुराम भट्टराई नेतृत्वको सरकारले महान्यायाधिवक्ताको कार्यालयले दिएको राय विपरीत नेपाल ट्रष्टको जग्गा व्यक्तिको नाममा नामसारी गरिदिएको खुलासा भएको छ।

२०६७ चैत २३ मा महान्यायाधिवक्ताको कार्यालयले स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको जग्गा स्वत: नेपाल ट्रष्टको नाममा हुनुपर्ने र त्यसमा अन्यको हकदाबी नलाग्ने कानुनी राय दिए पनि मन्त्रिपरिषद्ले‍ त्यसको उल्लंघन गर्दै कानुन अस्पष्ट रहेकाले नीतिगत निर्णय गर्नुपर्ने भन्दै ट्रष्टको जग्गा व्यक्तिलाई बाँडेको मंगलबार सार्वजनिक भएको ट्रष्ट स्वेतपत्रबाट खुलासा भएको हो। 

काठमाडौंको मातातीर्थ, महादेवस्थान थानकोट, सतुंगल र बालाजुमा रहेको १७२ रोपनी १५ आना जग्गा भट्टराई नेतृत्वको सरकारले व्यक्तिको नाममा नामसारी गर्ने गरी मन्त्रिपरिषद्‍बाट निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2020-02-26 21:34:07

प्रतिकृया दिनुहोस्