अमेरिकामा १०औं डेमोक्रेटिक राष्ट्रपति बहस: निशानामा बर्नी तर ढाल्न सकेनन् 'बाघ बूढा'लाई 

प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

अमेरिका यतिबेला ४६औं राष्ट्रपति चुन्ने प्रक्रियामा पार्टीगत प्राइमरी र ककसमा व्यस्त छ। राष्ट्रपति ट्रम्पका एकजना नाम मात्रका प्रतिस्पर्धी भएकाले सत्तारूढ रिपब्लिकन पार्टीबाट उनी नै उम्मेद्वार हुने निश्चित छ। तर, डेमोक्रेटिक पार्टीमा अझै ८ आकांक्षीबीच प्रतिस्पर्धा जारीछ। आठमध्ये हवाईकी कंग्रेसवुमन तुलसी गेबार्डबाहेक सातजना केही समयअघि साउथ क्यारोलाइनाको चार्लटनमा आयोजित दशौ डेमोक्रेटिक प्रेसिडेन्टसियल डिबेटमा सहभागी भएका छन्। 

फेब्रुअरी २९ मा साउथ क्यारोलाइनामा र मार्च ३ मा १४ राज्यमा हुने डेमोक्रेटिक प्राइमरी अघि भएको यो राष्ट्रपतिय बहस सबैका लागि महत्वपूर्ण थियो। त्यसैले सबै उम्मेद्वारले सकभर आफूलाई प्रभावकारी किसिमले प्रस्तुत गर्ने, नभए पनि कुनै पनि किसिमको विवादमा नपरेर अघि बढ्ने रणनीति अपनाएको जस्तो देखिन्थ्यो।

त्यसो गर्न यसकारणले पनि आवश्यक थियो कि सुपर टुज्डे भनिने मार्च ३ को प्राइमरीपछि ३८ प्रतिशत डेमोक्रटिक प्लिज्ड डेलिगेट छानिइसकेका हुनेछन् र यही डेलिगेट संख्याले आगामी नोभेम्बरमा राष्ट्रपति ट्रम्पसँग भिड्ने उम्मेद्वारको लगभग तय गरिसकेको हुने छ। 

दशौ डेमोक्रेटिक राष्ट्रपतिय बहस थप तिक्ततापूर्ण देखियो। कसैले कसैलाई पनि छोडेन। सबैले सबैलाई आक्रमण गरे। त्यसमा पनि पछिल्ला जनमत सर्भेक्षणमा अगाडि रहेका र पछिल्ला प्राइमरी र ककसमा अगाडि रहेका सिनेटर बर्नी स्याण्डर्स सबैको निशानामा परे।

डेमोक्रेटिक मतदाताले भने एकापसमै आरोप प्रत्यरोप गरेर ट्रम्पलाई टकिङ पोइन्ट दिएकोमा चिन्ता व्यक्त गरे।  उनीहरूलाई लाग्यो, 'यसबाट त भोलि ट्रम्पलाई आफ्ना डेमोक्रेटिक प्रतिस्पर्धीविरूद्ध चुनावी मुद्दा मात्र मिल्ने हो।'

खासगरी केही दिनअघि उनले क्युवाको शिक्षा र स्वास्थ्यमा त्यहाँका शासक क्यास्ट्रोले गरेको कामको प्रशंसा गरेका थिए। त्यसलाई अमेरिकाको जानी दुश्मन क्युवाको कम्युनिष्ट शासनको समर्थन गरेको भनेर ब्याख्या गरिएर स्याण्डर्सलाई विवादमा तानिएको थियो। त्यही विषयमा उनलाई प्रतिस्पर्धीले उनलाई घेराउ गरेका थिए। तर, बर्नीले त्यसलाई राम्ररी ट्याकल गर्दै वामपन्थी क्युवा होस् वा दक्षिणपन्थी साउदी अरब सबै किसिमको तानाशाहीको आफू विरोधी रहेको बताउँदै तर राम्रो गरेको सत्यको जसको भए पनि प्रशंसा गर्नुपर्ने आफ्नो अडानमा कायम रहे। उनले बराक ओबामाले पनि क्यास्ट्रोको त्यो पक्षको प्रशंसा गरेको संस्मरण गराए। 

आकांक्षी सबै ट्रम्पलाई हराउनुपर्ने कुरामा सहमत देखिए पनि त्यसका लागि आफू नै योग्यभएको दाबी गर्न भने छोडेनन्। 

डिवेटमा बटिजज, बायडन र क्लोबचर सक्षम देखिए। स्याण्डर्सलाई सबैले आक्मण गरे पनि उनलाई ढाल्न सकेनन्। ब्लुमबर्ग र वारेनका लागि यो बहस त्यति फलदायी भएन। स्टेयरदे आफ्नो कुरा राम्ररी नै राखे।  

डेमोक्रेटिक मतदाताले भने एकापसमै आरोप प्रत्यरोप गरेर ट्रम्पलाई टकिङ पोइन्ट दिएकोमा चिन्ता व्यक्त गरे।  उनीहरूलाई लाग्यो, 'यसबाट त भोलि ट्रम्पलाई आफ्ना डेमोक्रेटिक प्रतिस्पर्धीविरूद्ध चुनावी मुद्दा मात्र मिल्ने हो।'

जनमत सर्भेक्षणले साउथ क्यारोलाइनमा पूर्व उपराष्ट्रपति जो बाइडेन केही अगाडि देखिएका छन्। बर्नीले उनलाई नजिकबाट पछ्याइरहेका छन् भने तेस्रो स्थानमा धनाढ्य उद्यमी स्टेयर तेस्रो स्थानमा देखिएका छन्।

डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेद्वारी जित्न १९९१ डेलिगेट चाहिन्छ। अहिलेसम्म तीन राज्य आयोवा, न्यु ह्याम्पसायर नेभदामा गरेर १०१ डेलिगेटको निर्णय भैसकेकोमा स्याण्डर्स  ४५ डेलिगेटका साथ अगाडि रहेका छन्। उनलाई २६ डेलिगेटका साथ बटिजजले पछ्याइरहेका छन्। त्यसपछि जो बाइडेनले १५, वारेनले ८ र क्लोबचरले ७ डेलिगेट जितेका छन्। 

१९९१ डेलिगेटको लक्ष्य पूरा गर्न अझै लामो यात्रा बाँकि नै छ। बाँकि रहेका ८मध्ये ७ उम्मेद्वार लामो रेसका घोडा जस्ता देखिएकाले यो चुनाव सुपर डेलिगेट्सले नै छिनोफानो गर्ने हो कि जस्तो देखिएको छ। कसैले पनि १९९१ मत पाएनन् भने त्यसको निर्णय सुपर डेलिगेट्सले गर्छन्। डेमोक्रेटिक पार्टीमा ७७५ सुपर डेलिगेट्स रहेका छन्। उनीहरू पार्टीका पदेन डेलिगेट्स हुन्। 

प्रकाशित मिति: : 2020-02-26 23:45:39

प्रतिकृया दिनुहोस्