सपना सधैं बिक्दैन

डा. प्रकाशशरण महत

नेपाल कम्युनिस्ट पार्टीको सरकार गठन भएको दुई वर्ष पूरा भएको छ। निर्वाचनअघि र सरकार गठनपछि नेकपा सरकारले जनतालाई असीमित आश्वासन बाँड्यो। नेकपाको आश्वासनलाई जनताले विश्वास पनि गरे। त्यसभन्दा बाहेक दुई कम्युनिस्ट पार्टीबीचको चुनावी गठबन्धनले नेकपालाई प्रदेश र केन्द्रमा जित्न सहज बनायो। तर, दुई वर्षको शानसकालमा जनताले सरकारबाट गरेको आशा निराशामा परिणत भएको छ। राष्ट्रियता, सुशासन र संविधान कार्यान्वयनका विषयमा सरकार पूर्ण रूपमा असफल भएको छ।

उपनिर्वाचनले पनि त्यसतर्फ केही संकेत गरेको थियो। नेकपाको प्रभाव क्षेत्र मानिने धरान, भक्तपुर र चितवनको पराजयले त्यो सन्देश दिएको पनि थियो। सरकारप्रति नागरिकको असन्तुष्टि पूर्णरूपमा निर्वाचनमा नदेखिएको सत्य हो। किनकि सरकारको प्रभाव, प्रलोभन, त्रासलगायत विभिन्न कारणले उपनिर्वाचनमा जनताको असन्तुष्टिका बीच पनि नेकपाले राम्रै मत ल्याएको हो।

प्रकाशित मिति: : 2020-02-27 01:57:12

प्रतिकृया दिनुहोस्