आफूमाथि बात लागेपछि बास्कोटाले राजीनामा दिनुभएको हो: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले अडियो प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले बाँस्कोटाले आफूमाथि बात लागेपछि राजीनामा दिएको उनले बताए। 

उनले भने, ‘आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो। आरोप लागेको छैन, मुद्दा लागेको छैन।’ 

बाँस्कोटाले अडियो आफ्नो नभएको बताएको उनले जानकारी दिए। उनले संचार माध्यममा निर्देश सरहनै प्रचार गरिउको भन्दै आपत्ति जनाए। ‘उहाँविरुद्ध कुप्रचार गरिएको छ। उहाँले अडियोमा बोल्ने आफू नभएको बताएका छन् र न्याय खोज्छु भनेका छन्,’ उनले भने। 

उनले भ्रष्टाचार भए नभएको छानबिन हुने बताए। ‘ यो नेताहरुको चरित्र हत्या गर्ने षड्यन्त्र हो। यसको छानबिन हुन्छ। यदि भ्रष्टाचार भएको भए कारबाही गर्ने तर झुटो आरोप लगाएको भए त्यसको प्रतिवाद हुन्छ,’ उनले भने।

प्रकाशित मिति: : 2020-02-28 05:46:02

प्रतिकृया दिनुहोस्