यती समूहका आङछिरिङ शेर्पाका छोरा नवाङ थुनामा

बिएल संवाददाता

काठमाडाै‌ं

लागुऔषधसहित समातिएका आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पासहित चार जनालाई अदालतले थुनामा पठाएको छ। बिहिवार बयानपछि काठमाडाैं जिल्ला अदालतका न्यायधिश विदुर कोइरालाको इजलासले थुनामा पठाउने निर्णय सुनाएको हो। 

विमान दुर्घटनामा दिवंगत यती समूहका व्यवसायी आङछिरिङका छोरा नवाङ गत माघ १८ गते खैरो हिरोइनसहित पक्राउ परेका हुन्। 

गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट सपना रायमाझी, राजन श्रेष्ठ लगायतलाई प्रहरीले नियन्त्रणा लिएको थियो। प्रहरीले उनीहरुको साथबाट एक सय ग्राम खैरो हेरोइन फेला पारेको थियो।
 

प्रकाशित मिति: : 2020-02-28 06:57:36

प्रतिकृया दिनुहोस्