प्याराग्लाइडिङ दुर्घटना हुँदा फ्रान्सेली नागरिक गम्भीर घाइते

स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक फ्रान्सेली नागरिक गम्भीर घाइते भएका छन्।

प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा दुर्घटनामा परेर ३५ वर्षीय फ्रान्सेली नागरिक सिमोन हेनरी बोरेईली घाइते भएका हुन्। 

भीरकोट नगरपालिका ५, स्वरेक मैदानबाट आफैँ प्याराग्लाइडिङ उडाएका सिमोन वालिङ नगरपालिका ११, डौंवाफाँटमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन्। 

माथिबाट बजारिएको कारण उनलाई भित्री चोट लागेको हुन सक्ने प्रहरीको अनुमान छ।

घाइते सिमोनलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-02-28 11:36:17

प्रतिकृया दिनुहोस्