कोरियामा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने सरकारको योजना छैन

 सञ्जिता खनाल

कोरोनाको प्रकोप उच्च गतिमा फैलिएको कोरियामा रहेका नेपालीहरू तत्काल उद्धार गर्ने विषयमा सरकार चुप बसेको छ । त्यस क्षेत्रमा रहेका नेपालीहरू आफूहरूलाई सरकारले उद्धार गर्न माग गरिरहेका छन् ।

सरकारले गत फागुन ४ गते चीनको कोरोना प्रभावित क्षेत्रबाट १ सय ७५ जना नेपालीको उद्धार गर्‍यो । उनीहरूलाई उद्धार गरेर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएको छ । करिब २ सातासम्म रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका मन्त्री र सचिवहरूबीच पटक–पटकको छलफलपछि मात्र उद्धार गरिएको थियो । चीनमा जस्तै कोरियामा समेत कोरोना भाइरस (कोभिड १९) फैलिएको छ ।

प्रकाशित मिति: : 2020-02-28 23:57:59

प्रतिकृया दिनुहोस्