श्रीलंकाको टिममा परेराकाे पुनरागमन

बिएल संवाददाता

काठमाडाै‌ं

थिसरा परेराले श्रीलंकाको टी २० टिममा पुनरागमन गरेका छन्।

भारतविरुद्धको सिरिजको टिममा नपरेका परेरा वेष्ट इण्डिजविरुद्धको टी २० सिरिजका लागि अटाएका हुन्।

यस्तै श्रीलंकाले घोषणा गरेको टिममा परेराका साथै फास्ट बलर नुवान प्रदिप र अलराउन्डर शेहन जयसूर्याले पनि पुनरागमन गरेका छन्।

ओपनर दनुस्का गुणाथिलका भने चोटको कारण टिम बाहिर रहेका छन्।

श्रीलंकाले पाहुना टोलीसँग घरेलु मैदानमा दुई खेलको सिरिज खेल्नेछ। पहिलो खेल मार्च ४ मा सुरु हुनेछ।

प्रकाशित मिति: : 2020-02-29 01:13:42

प्रतिकृया दिनुहोस्