क्वारेण्टाइनमा राखिएका १ सय ९३ जनाको दोश्रोपटक स्वास्थ्य परीक्षण गरिने

भक्तपुरमा क्वारेण्टाइनमा राखिएका १ सय ९३ जनाको दोश्रोपटक स्वास्थ्य परीक्षण गरिने भएको छ।

कोरोना भाइरसको संक्रमण शुरु भएको चीनको वुहानबाट ल्याएका १ सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनालाई कोरोना भए नभएकोबारे शनिबार फेरि जाँच गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गएको ३ गतेदेखि विश्व स्वास्थ्यको मापदण्डअनुसार क्वारेन्टाइनमा राखेको भोलि १४ दिन पुग्दैछ। यसअघि गएको ४ गते नै उनीहरुको रगत र ¥यालको परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले भोलि फेरि परीक्षण गर्ने भएको हो। नमूना संकलन गरिएको तीन दिनपछि रिपोर्ट आउनेछ।

रिपोर्टमा कोरोना नभएको पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका सबैजनालाई घर पठाउने सरकारको तयारी छ। व्यक्तिमा कोरोना संक्रमण भएको १४ दिनपछि लक्षण देखिने भएका कारण दोश्रोपटक स्वास्थ्य परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित मिति: : 2020-02-29 01:53:20

प्रतिकृया दिनुहोस्