प्रधानमन्त्री ओलीविरुद्धको संघर्षलाई अन्तिमरुप दिने प्रयास

देशसञ्चार

काठमाडौँ

दिपा दाहाल

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभा सदस्यमा दोहोर्‍याउने र अमेरिकन मिलिनियम च्यालेञ्ज (एमसीसी) सम्झौता अनुमोदन गराउने अडान नत्याग्ने देखिएपछि उनीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित चार जना नेताहरुले संघर्षलाई अन्तिमरुप दिने प्रयासमा ठाउँठाउँमा गोप्य भेला गर्न थालेका छन्।

मन्त्री खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यअवधि सकिन चार दिन मात्रै बाँकी रहँदा र एमसीसी सम्झौता संसदमा विचाराधीन रहेका बेला अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र सचिवालय बैठकबाट राष्ट्रियसभा सदस्यका लागि मनोनयन गर्ने निर्णय गरिएका वामदेव गौतमले शुक्रबार बिहान दाहाल निवास खुमलटारमा ‘गोप्य’ भेला गरेका हुन्।

स्रोतका अनुसार खतिवडा र एमसीसीका मामिलामा प्रधानमन्त्री ओली झुकेनन् भने उनलाई कसरी अनुशासन उल्लंघनको दायरामा ल्याउने भन्नेबारे उनीहरुबीच छलफल भएको छ।
भेलामा प्रवक्ता नाराणकाजी श्रेष्ठ भने अनुपस्थित थिए।

प्रकाशित मिति: : 2020-02-29 06:27:32

प्रतिकृया दिनुहोस्