बन्दुक देखाएर युवतीमाथि सामूहिक बलात्कार

बिएल संवाददाता

नयाँदिल्ली

भारतको गुजरातमा बन्दुक देखाएर १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरिएको छ। राजकोट कोटन्डा साँगणी थानमा बस्ने एक युवतीलाई बन्दुक देखाएर बलात्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचारअनुसार बलात्कार गर्नेहरु भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेताहरु हुन्। उनीहरुले ती युवतीलाई कारमा लगेर सामूहिक बलात्कार गरेको राजकोटका एसपी बलराम मीणाले बताए।

पीडित १९ वर्षीया युवतीले भाजपाका पूर्वमहामन्त्री अमित पाडारियासहित तीन जनाले आफूमाथि बलात्कार गरेको आरोप लगाएको एसपी मीणाले बताए। ती युवतीको आरोपको आधारमा अमित पाडारिया, शान्ति पाडारिया र विपुल सेखन्डालाई प्रहरीले पक्राउ गरेको छ।

एसपी मीणाका अनुसार ती युवतीको मेडकल परीक्षणमा दुष्कर्म भएको पुष्टि भएको बताए। स्थानीयका अनुसार अमितले ती युवतीलाई यसअघि देखि नै धम्काउँदै आएका थिए।

 बलात्कार गर्नेहरुलाई पक्राउ गरि उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-02-29 21:31:29

प्रतिकृया दिनुहोस्