सर्लाहीमा चिकित्सक नुहँदा भेन्टिलेटर तथा आइसियु सेवा बन्द

लालबन्दी नरगपालिका–१ मा अवस्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आइसियु सेवा प्रयोग विहीन भएको छ। दक्ष चिकित्सक नहुँदा सो सेवा सञ्चालन विहीन भएको हो।

२०७६ जेठमा प्रदेश नम्बर २  सरकार र  लालबन्दी नगरपालिकाको रु ३० लाख रकममा उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याइएको थियो।

नवलपुर सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेका अनुसार भेन्टिलेटर तथा आइसियु उपकरण स्वास्थ्य संस्थामा भए पनि दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको छ।

‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चिकित्सक पठाइदिन पटक पटक ध्यानाकर्षण गराऔँ, तर कार्यान्वयन भएको छैन’ उनले भने। चिकित्सक पठाइदिन ध्यानाकर्षण गराएता पनि मन्त्रालयले चासो नदेखाएको उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-03-01 00:43:18

प्रतिकृया दिनुहोस्