मेरो जिन्दगी

वेदना बिनाको पनि के

जिन्दगी भन्ने?

जहाँ तीखो शूल छैनन्

 

त्यो मान्छेलाई पनि के

मान्छे भन्ने ?

जसको जिन्दगीमा भूलै छैनन्

 

यसैले साथी,

मेरो जिन्दगी

तीखो शूल हो!

सुधार्न नसकिने भूलैभूल हो !!

....

सुन्दर भूमिलाई पनि

के सुन्दर मान्ने?

जहाँ मरू, पर्वत अनि छाँगो छैन

 

त्यो चूल्हालाई पनि

के चूल्हा मान्ने ?

जहाँ खरानी, अंगार अनि आगो छैन

 

यसैले साथी,

मेरो जिन्दगी

चढ्न नसकिने छाँगो हो !

छुन नसकिने आगो हो !!

प्रकाशित मिति: : 2020-03-01 03:15:00

प्रतिकृया दिनुहोस्